३१ भाद्र २०८१, सोमबार | September 17, 2024

माधवको साथ छाड्ने मुकुन्दलाई ओलीको उपहार, विश्वासपात्रले पाए जिम्मेवारी


3k
Shares

काठमाडौं, १७ साउन । नेकपा एमालेमा मनोनयन र जिम्मेवारीहरु दिने निर्णय भएको छ । एमाले स्थायी कमिटि बैठकले बिहिबार गरेको निर्णयमा गुरु बराल उपाध्यक्ष मनोनित भएका छन् ।

मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य मनोनित भएका छन् । उनी एमाले फुट्दा माधव नेपालको साथमा लागेका थिए । पछि एमाले छाडेका न्यौपानेलाई स्थायी कमिटी सदस्य उपहार मिलेको छ ।

एमालेले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । जस अनुसार सुवास कर्माचार्य, कुन्दन कुशवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मन्जु शर्मा चालिसे र आशा जवेगु छन् ।

जीतेन्द्र देव मधेशवादी दल हुँदै काँग्रेसमा गएका थिए । उनले काँग्रेस छाडी पुनः एमालेमा फर्किए । माधव नेपालको साथ छाड्नेले पनि केन्द्रीय सदस्य पाएका छन् । इन्द्र भण्डारी झापाका हुन् र उनी ओलीका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया