३१ भाद्र २०८१, सोमबार | September 17, 2024

टोपी फुकाल्न टीका र सिन्दुर मेट्न लगाउनेलाई धक्का


1.7k
Shares

काठमाडौं, १७ साउन । सबै कुरा योजनावद्ध थिए । राष्ट्रिय परिचयपत्रको व्यवस्था ल्याएर अरबौंको खेल खेल्ने समूह नै टोपी, टीका र सिन्दुर मेट्न लगाउने नियम बनाउनेमा थिए । जुन योजनाको भारी बोकेका आइटी माफिया विकल पौडेल अहिले जेलमा छन् ।

विकल जेलमा परेपछि नयाँ सरकारले नयाँ नियम बनाएको छ । जसमा अब राष्ट्रिय परिचयपत्र बनाउने क्रममा फोटो खिच्दा सिन्दुर, टीका, टोपीलगायत धार्मिक सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने भनिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै विगतमा लगाइएको नियम हटाएको छ । विगमा टोपी फुकाल्न वाध्य पार्ने, सिन्दुर र टीका मेट्न लगाउने गतिविधि भएको थियो । यसको चौतर्फी विरोध भएको थियो । तर, नयाँ सरकारले मात्र यो नियम हटाउन लगायो ।

प्रतिक्रिया