३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राजदूत पदकै उपहास


747
Shares

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रले काँग्रेससँगको सत्ता गठबन्धन तोडेलगत्तै भारतका लागि राजदूत डा. शंकर शर्मा फिर्ता बोलाइएका थिए । उनी काठमाडौं फर्कन बिदाई भेटमा व्यस्त थिए । अचानक सत्ता गठबन्धन बदलियो । एमाले र काँग्रेस मिलेर सरकार बनाए ।

गठबन्धन बदलिने देखेर शर्मा दिल्लीमै रोकिए । केपी शर्मा ओली प्रधानमन्त्र िबनेपछि उनको कार्यकाल तीन हप्ताका लागि थपियो । नयाँ राजदूतको नाम सिफारिशको खेल चल्यो यता ।

सरकारले सोमबार नयाँ राजदूत सिफारिश गर्दा शर्मा भारतकै लागि राजदूत बनाइए । उनी फिर्ता आउन नपर्ने भयो ।

माओवादी र एमालेको गठबन्धन हुँदा प्रचण्ड सरकारले नयाँ राजदूत बनाउने र पुरानालाई फिर्ता बोलाउने निर्णय लिएको थियो । फिर्ता बोलाइनेमा काँग्रेसबाट राजदूत बनेकाहरु थिए । अहिले ओली प्रधानमन्त्री बनेपछि माओवादीको कोटामा राजदूत बनेकाहरु फिर्ता बोलाइए ।

फिर्ता बोलाइएकामा ५ जना छने जसमध्ये चीनका लागि राजदूत पनि छन् । नयाँ सिफारिश भएकामा अमेरिकाका लागि लोकदर्शन रेग्मी छन् । उनी यसअघि भारतका लागि राजदूत सिफारिश भएका थिए । पूर्वमुख्यसचिव रेग्मीलाई अमेरिका पठाएर व्यवस्थापन गरियो ।

राजदूत बन्ने सूचीमा अघिल्लो सरकारका पालामा पनि सिफारिश भएकाहरु छन् । माओवादी कोटामा सिफारिश भएकाहरुको भने नाम अटेन ।

राजदूत जस्तो संवेदनशील पदमा विवादास्पद व्यक्तिहरुको नाम सिफारिश गर्ने, पैसाको चलखेल गर्ने चर्चा चल्दै आएको छ । यसले पदकै उपहार हुन थालेको छ ।

राजदूतलाई घरी फिर्ता बोलाउन फेरि सत्ता परिवर्तन भएपछि थमौती गर्ने जस्तो हल्कापन पनि देखाइएको छ । बिदावारी भइसकेका शर्मा फेरि थमौती हुनुले पनि हल्कापन देखिएको छ ।

प्रतिक्रिया