पोखरा स्कुलबस दुर्घटनामा आमाछोराको मृत्यु, २८ जना घाइते

काठमाडौं, १४ साउन । पोखरामा सोमबार विहान भएको बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
रामदीबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । घटनामा २८ जना घाइते भएका छन् । घाइतेहरुमा अधिकांश बालबालिका छन् । जसमा अनमोल विक, रोशन बराल, दिप्सन कार्की, योना गुरुङ, डिना गुरुङ, प्रकृती कार्की, प्रिन्स राना, चिजा विक, प्रवेश कार्की, विसिका पौडेल, विश्वास पौडेल, सिम्रन विक, विवश खत्री, अनन्या पौडेल, सिमन मगर, न्युजन मगर, रिजन मगर, रामकृष्ण नेपाली, अंकित खत्री, सितादेवी विक, अस्मित विक, सुमित्रा सुनार, निर्दोष सुनार, सपना आले, निश्चल सुनार, निशान सुनार र सागर थापा छन् ।
बस चालक टेकबहादुर भुजेल पनि घाइते छन् । उनीहरुको पोखराको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।