३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पूर्वमुख्यसचिव अर्यालले भ्रष्टाचार मुद्दामा धरौटीमा छुटेपछि पोखे असन्तुष्टि


1.6k
Shares

काठमाडौं, १३ साउन । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा धरौटीमा छुटेका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

अन्तः शुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा बयानका लागि अदालतमा उपस्थित भएका अर्यालले पत्रकारहरुसँग असन्तुष्टि पनि पोखे । उनले पत्रकारको चाहना पूरा नभएको प्रतिक्रिया दिए ।

९ असारमा अख्तियारले अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अर्यालमाथि आइटी क्षेत्रको भ्रष्टाचारमा समेत संलग्न भएको आरोप छ ।

भ्रष्टाचार मुद्दामा परेपछि अर्याल निलम्बित भएका थिए । प्रचण्ड सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद सृजना गरी सरुवा गरेको थियो । उनको पद गएपछि लीलादेवी गड्तौलाको भाग्य खुलेको हो । उनी पहिलो महिला मुख्यसचिव भएकी छिन् ।

प्रतिक्रिया