२२ भाद्र २०८१, शनिबार | September 8, 2024

जापानको कुमोन सिकाइ विधि नेपालमा


498
Shares

काठमाडौँ,२ साउन । जापानबाट ६५ वर्ष अघि सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागु गर्न थालिएको छ । उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्को युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब पन्ध्र सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक फरक हुन्छ भन्ने मान्यता बोक्ने यस पद्धतिमा तालिमप्राप्त शिक्षकविना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै र्शैलीमा सिक्नेछन् ।

जापनको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको छ । इनोउले नेपालका धेरै भन्दा धेरै विद्यार्थीलाई स्वतन्त्ररुपले आफ्नो लयमा आफै सिक्ने सीपहरु बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि बताउनुभयो । यो विधिबाट समस्याहरुको समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।

एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरुको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।

आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो । यस विधिले विद्यार्थीले आइक्युस्तरमा सुधार गरेर अपरेटिङ प्रणालीलाई छिटो गर्न मद्धत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कनका गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता) का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।

यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिकरुपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया