१९ आश्विन २०८१, शनिबार | October 5, 2024

काँग्रेसमा कुन गुटबाट को को मन्त्री


3k
Shares

काठमाडौं, ३१ असार । केपी ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसका विभिन्न गुटबाट मन्त्री बनेका छन् । सबैभन्दा बढी सभापति शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका छन् । उनीहरुले शक्तिशाली मन्त्रालय पाएका छन् ।

देउवा समूहबाट उनकी पत्नी आरजु देउवा परराष्ट्रमन्त्री बनेकी छिन् । सोही समूहबाट देउवाका विश्वासपात्र रमेश लेखक गृह, अजय चौरसिया कानूनमन्त्री र ऐनबहादुर शाही वनमन्त्री बनेका छन् ।

प्रकाशमान सिंह समूहबाट उनी आफै उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् ।

शेखर कोइराला समूहबाट तेजुलाल चौधरी युवा तथा खेलकुद, बदीप्रसाद पाण्डे पर्यटन र रामनाथ अधिकारी कृषिमन्त्री बनेका छन् । चौधरी राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनेको चर्चा छ ।

सशांक कोइराला समूहबाट दिपक खड्का ऊर्जामन्त्री बनेका छन् । कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल स्वास्थ्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया