३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली प्रधानमन्त्री बन्ने निश्चित


1.1k
Shares

काठमाडौं, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनको आव्हान गरेपछि ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी पेश गरेका छन् ।

ओलीलाई काँग्रेस र एमालेका गरी बहुमत सांसदको समथनको हस्ताक्षर छ । योसँगै उनी प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपतिले शुक्रबार आव्हान गरेका हुन् । जस अनुसार नेकपा एमाले र नेपाली काँग्रेसले बहुमतसहित ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश गरेका हुन् ।

काँग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्वको सहमति भइसकेको छ ।  योसँगै ओली तेस्रोपटक प्रधानमन्त्री बन्दैछन् ।

प्रतिक्रिया