३ आश्विन २०८१, बिहिबार | September 20, 2024

देशभर बाढीपहिरोले ठूलो जनधनको क्षति


664
Shares

काठमाडौं, २८ असार । देशभर बाढीपहिरोले ठूलो जनधनको क्षति भएको छ । बिहिबारबाटको अविरल वर्षाले देशका धेरै ठाउँमा बाढीपहिरोले जनधनको क्षति भएको हो ।

नदीहरुको बहाव बढेर सतर्कता अपनाउन भनिएको छ । नेपाल बाढी सूचना केन्द्रले मकवानपुर, चितवन, नवलपरासी, तनहुँ र बाग्लुङमा नदीहरुको जनसतह बढेकाले सतर्कता अपनाउन भनेको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड पहिराले पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खसेर बस त्रिशुलीमा वेपत्ता भएको छ । ६५ जना यात्रु र चालक दलका सदस्य हराइरहेका छन् ।
कास्कीमा पहिरोले जनधनको क्षति भएको छ । पृथ्वी राजमार्ग अवरुद्ध छ ।

बाढीपहिरोले जनधनको क्षति भएका क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत स्थानीयले उद्धार कार्य गरिरहेका छन् ।

प्रतिक्रिया