३१ भाद्र २०८१, सोमबार | September 17, 2024

को को बन्लान् मन्त्री


1.1k
Shares

काठमाडौं, २६ असार । कुनै अप्रत्याशित घटना नभए नेकपा एमालेको नेतृत्वमो नयाँ सरकार गठन हुनेछ २८ असारमा । एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नेछन् उक्त दिन ।

नयाँ सरकार गठन नहुँदै मन्त्रालय भागवण्डा र मन्त्री को बन्नेबारे काँग्रेस र एमालेका नेताहरु सक्रिय छन् । दुवै दलबीच कतिपय मन्त्रालयको भागवण्डा मिलेको छ ।

विश्वस्त स्रोतका अनुसार एमालेले प्रधानमन्त्रीसहित सञ्चार, अर्थ, भौतिक पूर्वाधार, कानून, रक्षा जस्ता मन्त्रालय लिने भएको छ ।

काँग्रेसले गृह, परराष्ट्र, ऊर्जा जस्ता मन्त्रालय लिने भएको छ ।

एमालेबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको छ ।

काँग्रेसबाट आरजु देउवा, गगन थापा, एनपी साउद मन्त्रीका दाबेदार छन् ।

प्रतिक्रिया