मुकुल ढकाल रास्वपा महामन्त्रीबाट पदमुक्त

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट मुकुल ढकाल पदमुक्त भएका छन् । मंगलबार रास्वपा केन्द्रीय कमिटी बैठकले ढकाललाई महामन्त्री र प्रवक्ता समेतबाट पदमुक्त गरेको हो ।
ढकालले पार्टीको भविष्यबारे गम्भीर विषय सार्वजनिक गरेका थिए । उनले अध्यक्ष रवि लामिछानेको समेत आलोचना गरेका थिए । यसले राजनीतिकवृत्तमा तरंग ल्याएको थियो ।