२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्ड सरकार ढल्दै गर्दा टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति होला ?


415
Shares

काठमाडौं, २४ असार । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति अन्तिम चरणमा छ । १६ प्रतिष्पर्धीको प्रस्तुतीकरण र अन्तवार्ता समेत भइसकेको छ । अब प्रतिष्पर्धीमध्ये ३ जना छानेर क्याबिनेटमा नियुक्तिका लागि प्रस्ताव लान मात्र बाँकी छ । तर, प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि अन्यौल भएको छ ।

टेलिकम प्रबन्ध निर्देशक नियुक्ति नगर्न सरकार बनाउन तम्तयार भएका नेकपा एमाले र नेपाली काँग्रेसले दबाब बढाएका छन् । एमालेले त विज्ञप्ति नै निकालेर दुरगामी असर पर्ने खालका कुनैपनि निर्णय नलिन भनेको छ ।

२८ असारमा विश्वासको मत लिन लागेका प्रचण्डले यसै हप्ता अन्तिम क्याबिनेट बैठक राख्न सक्छन् । त्यसमा टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको निर्णय हुने सम्भावना न्यून छ । नियुक्ति भएपनि अल्पमतको सरकारले गरेको निर्णयमा प्रश्न उठ्छ ।

अब अहिल्यैकै प्रक्रियाबाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति हुने हो या होइन भन्ने चासो बनेको छ । प्रक्रिया अन्तिम चरणमा छ । प्रतिष्पर्धी पनि भविष्यमा यीनै हुने हुन् ।

प्रचण्ड सरकारबाट नियुक्ति हुने आशामा हालकी निमित्त प्रबन्ध निर्देशक संगिता पहाडी र टेलिकमकै कर्मचारी विमल आचार्य थिए । पहाडीले माओवादी नेताहरु वर्षमान पुन देखि मन्त्री रेखा शर्माका पति कृष्णध्वज खड्का मात्र नभएर प्रचण्डका विश्वासपात्रहरुमार्फत् आफ्नो पल्लाभारी बनाइसकेकी थिइन् । विमल आचार्यले पनि रेखा शर्मामार्फत् आफ्नो सम्भावना बलियो बनाएका थिए । अब यी दुवै अर्को सरकारले नियुक्ति गरेमा नबन्ने पक्का भएको छ ।

प्रतिक्रिया