८ आश्विन २०८१, मंगलबार | September 24, 2024

नेकपा एकीकृत समाजवादी पदाधिकारी चयनमा सकस


498
Shares

काठमाडौं,२३ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन शुक्रबार नै सम्पन्न भए पनि विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिले सर्वसम्मतीमा निर्वाचित ९३ सदस्यीय केन्द्रीय समितिलाई विधानअनुसार पदाधिकारी र सदस्य चयन गर्न अनुमति दिएको छ ।

महाधिवेशन सम्पन्न भएपछि शनिबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कमिटीको बैठक बस्यो । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । हाललाई पार्टीको काम अगाडि बढाउन पहिला जो नेता जुन जिम्मेवारीमा थिए सोही जिम्मेवारीमा रहेर अन्तरिमकालसम्म काम गर्न निर्णय भएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिने’दयगतमा मापदण्ड तोकेर छलफल अगाडि बढेको बताए । केन्द्रीय कमिटीलाई पूर्णता दिएर केही दिनभित्रैमा पदाधिकारीको समेत टुंगो लाग्ने उनले बताए ।

महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो बैठकले विद्यानअनुसार २ सय ९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको उनले बताए । महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मतमा चयन गरेको थियो । महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । बाँकी सदस्यहरू केन्द्रीय कमिटीले टुंगो लगाउँने म्यान्डेट महाधिवेशनबाट पाएको छ ।

पार्टी विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ९महिला०, उपाध्यक्ष ९मधेसी समुदाय०, खुला चार उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव ९दलित समुदाय, आदिवासी जनजाति समुदाय एक÷एक अनिवार्य० चयन गर्न बाँकी रहेको छ । त्यस्तै २ सय ६ केन्द्रीय सदस्यसमेत टुंगो लगाउँन बाँकी छ । पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी अत्यधिक रहेकाले टुंगो लगाउन सकस परेको छ ।

खुला, महिला, मधेसी, आदिवासी जनजाति, दलित, युवा आरक्षणसहितका कलस्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्नुपर्नेहुन्छ । नेताहरूको उमेर हदबन्दी हटाएको एकीकृत समाजवादीले युवा आरक्षणको व्यवस्था गरेर युवालाई समेत केन्द्रीय कमिटीमा समेट्न लागेको छ ।

१६ देखि २१ असारसम्म महाधिवेशन काठमाडौंस्थित कमलादीमा भएको थियो । महाधिवेशनमा १८ सय ४९ प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज परिमार्जनसहित पारित भएको छ । विभिन्न समूहमा समूहगत छलफल गर्दै आएको सुझाव प्रतिवेदनमा उल्लेख गर्नेगरी पारित भएको हो । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया