३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड सरकार अल्पमतमा, अब के होला


1.1k
Shares

काठमाडौं, १९ असार । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

एमालेले बुधबार नै बैठक बसेर सरकारलाई समर्थन फिर्ता लिने र मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो । काँग्रेससँग गठबन्धन बनाइसकेको एमाले केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारीमा छ ।

नयाँ सरकार गठनका लागि प्रचण्डले राजीनामा दिनुपर्ने हुन्छ या त विश्वासको मत लिन असफल हुनुपर्छ । प्रचण्ड विश्वासको मत लिने रणनीतिमा छन् ।

संविधान अनुसार सरकारलाई समर्थन दिइआएको कुनै दलले उक्त समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमालेको समर्थन फिर्ता भएपछि प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उनी त्यस अगावै विश्वासको मत लिनेछन् या राजीनामा दिएर मार्ग प्रशस्त गर्नेछन् चासो बनेको छ ।

प्रतिक्रिया