३१ भाद्र २०८१, सोमबार | September 17, 2024

शक्तिशाली निकायमा आफ्ना मान्छे व्यवस्थापनमा ओली


830
Shares

काठमाडौं, ११ असार । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेको गलपासो बन्दै गएको छ । विगतमा शेरबहादुर देउवाले काममा अवरोध गरेको र कुरा नमिलेको भन्दै केपी शर्मा ओलीसँग हात मिलाएका प्रचण्ड अहिले अप्ठ्यारोमा परेका छन् ।

ओलीका कारण भारत भ्रमणको मुखैमा प्रचण्ड राजदूत फिर्ता बोलाउने निर्णय लिन पुगे । अहिले ओलीले फिर्ता बोलाइएका ठाउँमा आफ्ना मान्छे व्यवस्थापन गर्नेगरी सिफारिशको निर्णय गर्न लगाएका छन् । यतिसम्मकी जसपा नेपालको भागमा परेको दुवै सिटमा पनि एमाले नजिककाहरु सिफारिशमा परे ।

ओलीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा पनि दबाब बढाएका छन् । उनी २०९३ पछि पनि आफ्ना मान्छे सर्वोच्चमा प्रधानन्यायधीश बनाउने दाउमा छन् । विगतमा उनले २०९३ सम्मका लागि अधिकांश व्यक्ति एमाले निकट हुनेगरी नियुक्ति दिलाइसकेका छन् ।

संवैधानिक परिषद्बाट हुने संवैधानिक निकायमा नियुक्तिमा पनि ओलीले आवश्यक तयारी गरिसकेको बुझिएको छ ।

ओलीले योजनावद्ध तरिकाले शक्तिशाली निकायमा आफ्ना मान्छे भर्ती गरिरहँदा प्रचण्ड शतर्क भएका छन् । भविष्यमा आफूलाई अप्ठ्यारोमा पारिनसक्ने भय उनमा परिसकेको छ ।

प्रतिक्रिया