३० असार २०८२, सोमबार | July 15, 2025

बहालवाला मुख्यसचिव विरुद्ध पहिलोपटक भ्रष्टाचारको मुद्दा


3.3k
Shares

काठमाडौं, ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् । उनीसहित ११ जना र कम्पनीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

बहालवाला मुख्यसचिवविरुद्ध नेपालको इतिहासमै पहिलोपटक मुद्दा दायर भएको हो । अर्याल आइटी क्षेत्रमा चलखेल गर्दै अस्वाभाविक ढंगले मुख्यसचिव बनाइएका थिए । शंकरदार कार्यकाल छँदै राजीनामा दिएर अर्यालका लागि मार्ग खोलिदिएका थिए ।

अर्यालसहित ११ जना र कम्पनीविरुद्ध स्टिकर छपाई प्रकरणमा मुद्दा दायर भएको हो । मुद्दा दायर भएकाहरुमा अर्थ सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे, विकल पौडेल, आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठ, शाखा अधिकृतहरु रविन्द्र पौडेल, विष्णु प्रसाद गौतमका अलावा कर्मचारीहरु हरि वल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठ र ठेकेदार कम्पनी प्रिन्टसेल र उक्त कम्पनीका निर्देशक केशव शर्मा छन् ।

अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

यसैगरी मुख्यसचिव अर्यालयसहित पूर्वमन्त्रीहरुविरुद्ध यसै हप्ता अख्तियारले मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया