२२ भाद्र २०८१, शनिबार | September 8, 2024

अन्नपूर्ण क्षेत्रमा योग दिवस उत्सव


332
Shares
पोखरा, ६ असार । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ । अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङ्कोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै योग प्रदर्शन गरिएको थियो ।
 यसपछि पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरिएको थियो । यस कार्यक्रमका लागि एक अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ । योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए ।
भारतीय राजदूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शनको पनि आयोजना गऱ्यो ।
यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरु बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया