३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मेलम्ची फेरि बन्द हुने, अरबौं सखाप पारिदै


664
Shares

काठमाडौं, ५ असार । मेलम्ची पानीको नाममा देशमा नयाँ चरणको ब्रम्हलुट सुरु भएको छ । मेलम्ची सुख्खा यामका केही महिना मात्र आउने र बाँकी समय वर्षाका कारण रोक्नुपर्ने अवस्था बनेको छ ।

मेलम्चीका नाममा झण्डै खर्ब रुपैयाँ खर्च हुन लागिसकेको छ । तैपनि, उपत्यकावासीले नियमित पानी पाएका छैनन् ।

वर्षामा मेलम्चीको हेडबक्समा गेग्रेन थुप्रने भएकाले बन्द गरिएको छ । अब नयाँ हेडबक्सका लागि अरबौं खर्चिन लागिएको छ ।

मेलम्ची बाढीले खानेपानी आयोजनामा दीर्घकालिन क्षति पुगिसकेको छ । अब यसको समाधान निस्कने छाँट छैन । तैपनि रकम सक्ने र मेलम्चीलाई दुहुनो गाई बनाउने गतिविधि चलिरहेको छ ।

यसैगरी, उपत्यकाका कतिपय पालिकाले मेलम्चीको विकल्प खोज्नेतर्फ काम थालिसकेका छन् ।

प्रतिक्रिया