४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

कवाडी व्यापारी देखि दुध बेच्ने किसान सडकमा


166
Shares

काठमाडौं, ५ असार । यतिबेला कम्युनिष्ट सरकार छ देशमा । उनीहरु मजदूर र किसानकै कुरा गर्छन् । कम्युनिष्टको झण्डामा हँसिया र हथौडा छ । यो किसान र मजदूरको औजार हो र संकेत पनि कम्युनिष्टहरु किसान र मजदूरको अधिकार रक्षाका लागि बनेका हुन् भन्ने दाबी हो । तर, कट्टर कम्युनिष्ट माओवादी र एमालेसहितको सरकार बन्दा किसान र मजदूर सडकमा ओर्लिएका छन् ।

किसानहरु दुधको पैसा मंसिर देखि नपाएको भन्दै सडकमा ओर्लिएका हुन् । ७ महिना देखि किसानले दुध बेचेको पैसा नपाउँदा समस्यामा परेका हुन् । उनीहरुमाथि प्रहरीले धरपकड गरेको छ ।

कवाडी मजदूर र व्यवसायी सडकमा ओर्लिएका छन् । कवाडीको टहरा हटाउन खोजेपछि मजदूर र व्यवसायी सडकमा ओर्लिएका हुन् । कवाडी करको आतंक पनि उत्तिकै छ । पालिकाले यसकै लागि नगर प्रहरीलाई सक्रिय पारेको छ ।-File Photo

प्रतिक्रिया