३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ पक्राउ


1.3k
Shares

काठमाडौं, २ असार । नक्कली लाइसेन्स प्रकरणमा सरकारका उपसचिवसहित ५ जना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी अनुसन्धान चलाएको हो ।

पक्राउ पर्नेहरुमा उपसचिव केशव अर्याल, कम्प्युटर अधिकृत पदमराज आचार्य, शाखा अधिकृत सुवास पौडेल, कम्प्युटर अपरेटर राजेश लम्साल र सहायक कम्प्युटर अपरेटर दिलिपकुमार साह छन् ।

उनीहरुमाथि पेपर कार्डको सामान्य लाइसेन्स इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्समा स्थानान्तरण गर्दा फर्जी विवरणहरु इन्ट्री गरेर सवारीचालक अनुमतिपत्रहरु वितरण गरेको आरोप छ ।

प्रतिक्रिया