पेट्रोलको मूल्य फेरि घट्यो

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य घटाउने परम्परा अनुसार आइतबारबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ हुनगएको छ । गत महिना पनि मूल्य घटेको थियो ।