१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सन्दीप लामिछानेले विश्वकप खेल्ने


5.7k
Shares

काठमाडौं, २८ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले टी ट्वेन्टी विश्वकप खेल्ने भएका छन् । उनलाई अमेरिकाले भीसा नदिएपनि वेस्ट इन्डिजमा हुने खेलहरु भने खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले सन्दीप वेस्ट इन्डिज गई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी दिएको छ ।

सन्दीपले बँगलादेश र दक्षिण अफ्रिका विरुद्धको दुई खेलमा सहभागी हुने समेत जनाइएको छ ।

सन्दीपले पनि वेस्ट इन्डिज पुगेर सरकार र क्यानलाई धन्यवाद दिएका छन् । उनले अनेकन प्रयासका बाबजुद अमेरिकाको भीसा पाउन नसकेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया