१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेलम्ची आयोजना बालुवामा पानी बन्दै, फेरि हेडबक्समा ४ अर्ब सिध्याइँदै


747
Shares

काठमाडौं, २४ जेठ । मेलम्ची आयोजना नेपालको इतिहासकै विवादास्पद आयोजनामध्ये भएको छ । आयोजनाबाट काठमाडौं उपत्यकामा पानीको छेलेफेलो बनाउने सपना देखाइएपनि अझै सम्भव भएको छैन । बल्लतल्ल पानी पिउन पाएका उपत्यकाका केही स्थानमा बासिन्दाले वर्षामा भने ट्यांकरकै भर पर्नुपर्छ ।

मेलम्चीको पुरानो हेडबक्स काम लाग्दैन । वर्षाको भेलले बिगारेपछि वर्षामा बन्द गर्ने र हिउँदमा मात्र खोल्ने गरिन्छ । वर्षाले पुरेको बाँधको मुख वरपरको स्थानको गेग्रिन निकाल्न मात्र १ अर्ब खर्च भयो । तर, हेडबक्स काम नलाग्ने भयो ।

सरकारले नयाँ हेडबक्सका लागि स्वीकृति दिएको छ । त्यसका लागि ४ अर्ब लाग्छ । त्यो बन्न समय लाग्छ । तर, अर्को हेडबक्स पनि काम लाग्छ भन्ने सुनिश्चित छैन । अर्कोतर्फ, लागत बढाउने परिपाठी छँदैछ ।

मेलम्चीमा दशौं अरब सकिइसकेको छ । तैपनि, सपना साकार हुन सकेको छैन ।

मेलम्ची आयोजना भ्रष्ट नेता र भ्रष्ट कर्मचारीको कमाऊ भाँडो भएको छ । यो आयोजनामा धेरै भ्रष्टाचार भएका छन् ।

मेलम्चीको नयाँ मुहानस्थल बनाउने प्रस्ताव भएसँगै नयाँ बाटो र नयाँ सुरुङमा पनि खर्च हुन्छ । यसकारण पनि मेलम्ची आयोजना बालुवामा पानी बन्ने उपलब्धि हासिल नहुनेमा परिणत हुँदै ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया