२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

देउवा सरकारले बनाएका राजदूतहरु फिर्ता बोलाउने निर्णय


166
Shares

काठमाडौं, २४ जेठ । सरकारले ११ देशमा खटाएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट फिर्ता बोलाइने राजदूतहरु नेपाली काँग्रेसको कोटामा परेर सरकारका पालामा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सिफारिश भई नियुक्त भएका हुन् ।

फिर्ता बोलाइएका राजदूतहरुमा भारतका लागि राजदूत शंकर शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, दक्षिण कोरियाका लागि राजदूत ज्योती प्याकुरेल, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, डेनमार्कका लागि रामसुरज यादव, इजरायलका लागि कान्ता रिजाल, साउदी अरेबियाका लागि नवराज सुवेदी, मलेशियाका लागि डिल्लीराज पौडेल, स्पेनका लागि शर्मिला पराजुली छन् ।

उनीहरु २४ चैत्र २०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूतका लागि सिफारिश भई २०७९ मा नियुक्त भएका थिए ।

प्रतिक्रिया