३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतको सहयोगमा सुनसरीमा बन्यो भादगाउँ र भगवती माविको भवन


415
Shares

काठमाडौं, २३ जेठ । भारतको सहयोगमा सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । बुधबार २ करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता , रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यसैगरी भारतको ३ करोड ५ लाख सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको विद्यालय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।

प्रतिक्रिया