१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पोखरी माँसेर ठड्याइएको छायाँ कम्प्लेक्सबारे मालपोतले सर्वोच्चलाई पठाएको पत्रमा के छ


747
Shares

काठमाडौं, २३ जेठ । ऐतिहासिक कमलपोखरी माँसेर ठड्याइएको छायाँ कम्प्लेक्सबारे सर्वोच्च अदालतलाई चाँडै फैसला गर्ने गरी सम्बन्धित निकायबाट प्रमाणित कागजात र जवाफहरु धमाधम पुगिरहेको छ । अदालतले ती कागजात र पत्रहरुका आधारमा चाँडै फैसला लिने तयारी गरिरहेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले कमलपोखरीको २६ रोपनी ८ आना जग्गाका सम्बन्धमा अदालतलाई पत्र लेखेको छ । उक्त जग्गा हाल के कति कस्को नाममा दर्ता श्रेष्ता कायम रहेको भन्ने सम्बन्धमा एकिन हुन नसकिएको जवाफ दिएको छ ।

मालपोतको पत्रमा जग्गाबारे ऐतिहासिक विवरण समेत उल्लेख छ । जसमा विभिन्न समयमा जग्गा किनबेच भई पाँडे परिवारकी प्रतिमा पाँडेको नाममा गएको र त्यसपछि सुरेसाय हाउजिङ्ग प्रालिमा गई त्यसपछि छायाँदेवी कम्प्लेक्समा गएको उल्लेख छ । पाँडे बैंकर पृथ्वीबहादुर पाँडेको परिवारकी सदस्य हुन् भने छायाँदेवी कम्प्लेक्स उनैको नेतृत्वमा बनेको हो ।

सरकारी प्रकृतिको जग्गा सरकारको नाममा दर्ता गर्नु भन्ने २३ मंसिर २०४४ को भूमिसुधार मन्त्रालयको निर्णय अनुसार भएको समेत उल्लेख छ । उक्त जग्गा पोखरी देखिएकाले दोहोरो श्रेष्ता रहेको समेत उल्लेख छ ।

छायाँ कम्प्लेक्सबारे अदालतमा मुद्दा विचाराधीन छ । संयुक्त राष्ट्रसंघले पनि यसबारे चासो देखाएको छ । यसले छायाँ कम्प्लेक्समा खोलिएको पाँच तारे होटललगायत विभिन्न व्यवसाय नै संकटमा परेका छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया