५ आश्विन २०८१, शनिबार | September 21, 2024

मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने


830
Shares

एजेन्सी, २३ जेठ । भारतको लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् । मोदीले मंगलबार नै जित हासिल गरेको भन्दै तेस्रोपटक सरकार बन्ने घोषणा गरेका छन् ।

मोदीले सन् २०१९ को जस्तो भने प्रदर्शन गर्न सकेनन् । उनको पार्टी एक्लै बहुमत ल्याउन असफल भयो । मोदीको दल भाजपाले २४० स्थान हासिल गरेको छ । बहुमतका लागि यो संख्या ३२ ले कम हो । गठबन्धनले भने २९३ सिट जितेको छ ।

भारतको पुरानो दल कँग्रेस आईले ९९ सिट जितेको छ । कँग्रेससहितको इन्डिया गठबन्धनले २३२ सिट जितेको छ ।

लोकसभामा तेस्रो स्थानमा अखिलेश यादव नेतृत्वको उत्तर प्रदेश केन्द्रित समाजवादी पार्टी भएको छ । उसले ३७ सिट जितेको छ ।

पश्चिम बँगाल केन्द्रित ममता बनेजीको तृणामुल कँग्रेसले २९, तालिमनाडुको डीएमकेले २२, नितिश कुमार नेतृत्वको जनता दल युनाइटेडले १२ सिट जितेको छ । आम आदमीले भने मात्र ३ सिट जितेको छ ।

प्रतिक्रिया