४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बालेन साहले खोले ओलीको १० हजार करोड घोटाला काण्ड


3.3k
Shares

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० कजार करोडको भ्रष्टाचार काण्ड गरेको रहस्य खोलेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् उक्त रहस्य खोलेपछि तरंग आएको छ ।

साहले सामाजिक सञ्जालमा १० हजार करोडको काण्ड लुकाउन ओलीले अर्को कान्ड गरेर जनता झुक्याएको आरोप समेत लगाए । बालेन साहले झापाको गिरिबन्धु टी स्टेटको जग्गामा घोटाला गरेको उनको टिप्पाी थियो ।

नीतिगत घोटालामा ओलीको सहभागितामा धेरै घटना भएको पनि उनको भनाई छ । न्युरोडमा बनाउन लागेको फुटपाथ भत्काएर फेरि सडक बनाउन लागेपछि बालेनले ओलीमाथि आक्रोश पोखेका हुन् । ओलीको दल एमालेले लिएको मन्त्रालय अन्तर्गत सडक पर्दछ । यसकारण पनि बालेद आक्रोशित भएका हुन् ।

ओलीले गिरिबन्धु पीडितको बैना फिर्ता गर्न नमानेको र यसैमा मिलाउने आश्वासन दिएको बालेनको भनाई छ । उनले ओलीले ठूला घोटाला छोप्न विषयान्तर गरिरहेको समेत बताए ।

प्रतिक्रिया