२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सन्दीप लामिछानेलाई अमेरिकाले भीसा नदिँदाको आक्रोशः सांसद शाहीले गरे अमेरिका र देशका प्रधानमन्त्रीको आलोचना


415
Shares

काठमाडौं, २० जेठ । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेलाई भीसा नदिएको भन्दै प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले विरोध गरेका छन् । उनले आइतबारको बैठकमा बोल्दै लामिछानेलाई भीसा नदिनु नेपालमाथिको अपमान भएको टिप्पणी गरे ।

लामिछानेले भीसा नपाएर नेपाल र नेपालीको अपमान भएको शाहीको भनाई छ । नेपालको अदालतले निदोष ठहर गरिसकेपछि पनि भीसा नदिदा पनि प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरु चुप बसेकोमा प्रश्न गरे ।

मन्त्रीले स्टन्टबाजी मात्रै गरेको भन्दै आलोचना गरे । उनले खेलाडीलाई भीसा नदिँदा पनि परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालय चुप लागेर बसेकोमा आलोचना गरे ।

सन्दीप लामिछानेलाई अमरिकाले भीसा नदिएकोमा देशभित्र अमेरिकाप्रति असन्तुष्टि बढिरहेको छ ।

प्रतिक्रिया