३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डले फाले माधव नेपाललाई तर्साउन झलनाथ खनाल कार्ड


1.8k
Shares

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री प्रचण्ड ढाँडमा टेकेर टाउकोमा हान्ने रणनीति कार्यान्वयन गर्नेमा चर्चित छन् । उनले यसरी नै अहिलेसम्मको अवस्थामा आफूलाई पुर्याए ।

प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्दा काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीरुपी कार्ड प्रयोग गरे । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचित गराउन ठिक उल्टो ओलीविरुद्ध देउवा कार्ड बनाए ।

सत्तामा हलचल आउन खोजेपछि फेरि ओली कार्ड देउवाविरुद्ध प्रयोग गरे । सत्ता गठबन्धन अल्पमतमा पर्ने देखेपछि अशोक राईलाई कार्ड बनाएर उपेन्द्र यादवमाथि प्रयोग गरे । अहिले फेरि यादवविरुद्ध सीके राउतलाई कार्ड बनाइरहेका छन् ।

प्रचण्डको सत्ता हल्लाउन नेकपा एसका अध्यक्ष माधव नेपाल लागेका छन् । माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भए यसै हप्ता । चीन भ्रमण रोकेर माधव नेपालको सक्रियता रहस्यम नै बन्यो । त्यसपछि प्रचण्डले अर्को कार्ड निकाले ।

झलनाथ खनाललाई बालुवाटार डाकेर ओलीले रणनीतिक चार्तुयता देखाए । माधव नेपाललाई तर्साउने उपाय थियो त्यो । सत्तामा उताउता गर्न खोजे झलनाथ खनाललाई लगाएर पार्टी फोड्ने चेतावनीको शैली थियो त्यो । खनाल पनि प्रचण्डसँग निकै नजिकिएका छन् अचेल । तर, माधव नेपाल पछि नहट्ने गरी बढिसकेका छन् ।

प्रतिक्रिया