१ असार २०८१, शुक्रबार | June 14, 2024

देशमा गरिखान खोज्नेका लागि सरकार खै ?


14.4k
Shares

अन्जना तिमिल्सिनाः ”विदेश जानुपर्छ नेपालमा बसेर काम छैन” भन्नेहरुलाई स्वदेशमै पनि केहि गर्न सकिन्छ भनेर देखाउने हुटहुटी थियो । त्यही हुटहुटले जितेको बेला नगरकोटमा रिसोर्ट खोले । आफुले पढेको र आफुलाई रहर लाग्ने काममा पहिलोपटक सुरु गरेको थिए । सुरुमा नयाँ काम भएर होला निकै गाह्रो भएको थियो । पछी बिस्तारै सहज हुँदै गयो । नयाँ जोस र उमंगका साथ सुरु गरेको रिसोर्टमा काम गर्दाको आनन्द नै बेग्लै हुनेगर्थ्यो ।

लोगगायक पशुपति शर्माले गाएको ”अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत नि यही” भन्ने गित सुन्दा औधी आनन्द दिन्थ्यो । काम गर्ने स्टाफसंग हाँसीहाँसी दिन होइन मैना बितेको पत्तै हुदैन थियो । केहि समय ठिकै चलेको पनि थियो तर एउटै समय सधै नटिक्दो रहेछ । हजारौं सपनाहरु बुनेर सुरु गरेको व्यापार कोरोनाको बाढीले बगाएर लग्यो ।

म बिदेश जान्न , म अमेरिका जान्न , म अष्ट्रेलिया जान्न , म जापान जान्न म आफू जन्मेको देश र आफू लाई जन्माउने बाआमा छोडेर कतै जान्न आफ्नै देशमा केहि गर्छु भनी आत्मविश्वास र आशा जागेको थियो । जिबनको पहिलो सपना कोरोनाको बाढिले बगाएर लग्यो । कोरोनाका कारणले चलाउन सकिन । केहि सुधार हुन्छ कि भनी केहि समय धैर्य गरियो तर केहि भएन ।
आफू संग भएको लगानी बिस्तारै सकिदै गयो । केहि समय पछि स्टाफ लाई तलब दिन नसक्ने भए । रिसोर्टको भाडा सम्म दिन सकिनँ । आफन्त भन्ने देखि म छु नि भन्नेहरु सम्म कत्ति ऋण खोजे भेटाइन बरु बिस्तारै टाढा हुदै गए । सुरुसुरुमा स्टाफ सहित रमाइलो गर्दै बिताएका दिनहरू पछि एक्लै बस्नुपर्दाको पिडा र सबै जिम्मेवारी आफ्नै काँधमा आएपछिको अवस्था सम्झिदा अहिले डर लागेर आउछ । फाइनान्स बाट लगेको ऋण , रिसोर्टको भाडा तिर्नु त परको कुरा एक्लो जिन्दगी बाच्न नि गाह्रो भएको थियो । रातमा सपना थिएन, दिनमा भोग थिएन , निराशको जिन्दगीले झण्डै डोरिमा झुन्डाएन । प्रयास धेरै गरे संयोग भन्नु पर्छ आज म बाचेको छु ।

लगेको ऋण तिर्न नसक्दा ऋण तिर्ने कुनै अर्को आधार मसंग थिएन । केहि गर्छु भनी फेरि उठ्ने आँट गरे तर सकिन । नेपालमा एक त रोजगारै पाउदैन पाइहाले महिना भरि काम गरी दस दिन खान पुग्दैन ठूलो लगानी गर्न लगानी छैन लगानी भएकाहरुको सुरक्षा छैन जति छ लगानी त्यति लगाएर गरेको उत्पादनले बजार भाउ पाउदैन बिचैमा बिचौलियाले खाइ दिन्छ इमानदार भएर काम गरि खान नसक्ने अवस्थाले गर्दा देश छोड्नु बाध्यता आयो ।

यता साहुहरु चेकबाउन्सको धम्की दिने , घरी पुलिसको फन्दामा फसाइदिन्छु जस्ता मानसिक तनावले गर्दा मेरो जिन्दगी बिस्तारै नर्क बन्दै गयो । सम्झाउने कोहि थिएन , आफू लाई आफै बुझाउन सक्ने तागत थिएन । मानसिक तनाव सहन नसकेपछि ऋण तिर्नकै लागी बिदेश जानुपर्ने बाध्यता आयो । कि त जेलको हावा खानु पर्थ्यो कि त बिदेश भासिनु पर्थ्यो । नेपाल बसेर मेरो लागी अर्को कुनै आधार थिएन । जेलको हावा भन्दा बिदेश भासिनु नै जाति लागेर आयो ।

आज नेपालि युवाको लागी वैदेशिक रोजगार प्रमुख गन्तव्य बनेको हुदा मेरा लागी बिदेश जानु कुनै नौलो कुरा थिएन । तर सके देशको सेवा गर्छु नभए आफ्नै देशमा केहि गर्छु भन्ने भावना बोकिहिडेको नागरिक बिदेशीको सेवा गर्नुप्रदा मन असाध्यै दुखेर आउदो रहेछ । केहि नगरी बस्नु भन्दा केहि गरेर बस्नु जाती लागेर बिदेशको बाटो समाते । कुनै दिन व्यवसाय अफ्ट्यारोमा पर्दा ऋण माग्दा नदिने हाम्रो समाज आज स्वयम विदेश जान्छु भन्दा लाखौं रकम ऋण दिन तयार भएको देख्दा अचम्म लाग्थ्यो ।

जसरी आम नागरिकले सुन्दा बिदेश भन्ने शब्द जति आफ्नो लाग्छ स्वयम भोग्दै जादा उत्तिनै पराई रहेछ । विदेश गएर , धन कमाएर आफ्नो भबिस्य सजिलै बनाउन सकिन्छ भन्ने आस लागेता पनि यथार्थमा सयौं गुणा कठिन हुदोरहेछ । देख्ने भन्दा भोग्नेलाई थाहा हुन्छ भनेजस्तै प्रदेशीको जिन्दगी जिन्दगी नहुदोरहेछ । आफ्नै देशमा त बस्न नसक्ने अवस्था भए यो त प्रदेशपो हो त ।

विदेशमा नीतिनियम मान्नेदेखि अनुशासनमा बस्ने सम्म वैदेशिक रोजगारका प्रमुख विषय भएता पनि जिबन व्यवहारमा फरक हुदोरहेछ । यति मात्र कहाँ हो र कयौं घटना यस्ता छन जहाँ वैदेशिक रोजगारको लागी मेनपावर व्यवसायी र त्यसका एजेन्टले आकर्षक काम र कमाइको प्रलोभनमा पारी चर्को पैसा असुल्ने, भनेको ठाउँमा नपठाउने , पठाई हाले एउटा कम्पनीमा भनेर अर्कै कम्पनीमा पठाउने, खान ,बस्न र उपचार निशुल्क हुन्छ भनिन्छ तर उता सबै खर्च तलब बाट कटाने ,यता भनेजस्तो सेवा सुबिधा तथा पारिश्रमिक उता कसैले पनि नपाउने जस्ता समस्या भोग्नु पर्दोरहेछ ।

खानपिनको असन्तुलन , कामको चाप , स्वास्थ्य अवस्था कम्जोर हुदा पनि बाध्यताले काम गर्नुपर्छ । यहा यति मात्र कहा होर नेपाली दिदिबहिनीहरु शारीरिक , मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको सिकार बन्नु परेको छ । कतिले काम छोडेर गैरकानुनी काम गरेर जीवन जिउनु परेको छ भने कतिले बिना गल्ती जेलमा सडिनु परेको छ । एक नेपालीले अर्को नेपाली लाई तल्लो दर्जाको व्यवहार गरेको देख्दा असाध्यै चित्त दुखेर आउछ । छोरी मान्छे भनेपछि झन घिनलाग्दो दृष्टिकोणले हेर्ने सोचाइ नै खत्तम छ । यसरी कति पिडाहरु प्रत्यक्ष भोग्नु पर्‍यो भने कति आफ्नै कान र आँखाले देख्नु पर्‍यो । यस्तो पिडाको जिन्दगी कहिले सम्म लेखेर चित्त बुझाउने । अब त अति भो । यसरी कति पुस्ता सम्म दुख पाउने । अब जबाफ चाहिन्छ सरकार ?

बाटो हेर्दा ज्यानमारा छ यात्रा गरौं हजुरबा देखि झुण्डिएर हिड्नु परेको छ । स्वदेशमै काम गरौं हिजो देखी रोजगार छैनै । समाजको विभेद अझै जिवित छ । श्रमिकको सम्मान अझै छैन । किसानले बिउ सम्म पाउदैनन् । महंगी बैशाखको घाम जस्तै चर्को छ । भ्रष्टाचार मौलाउदै गएको छ । बलात्कार देखी गुन्डागर्दी सम्मकाले सरकार बाट सफाइ पाउछन् । जनताका दुख किन देख्दैन सरकार । यो कसको सरकार हो । भारतको लागी बिपा , चिनको लागि बीआरआई अनि अमेरिकाको लागि एमसीसी जस्ता सम्झौता सरकारले गर्न सक्छ तर जनताका सामान्य भन्दा सामान्य समस्याहरु समाधान गर्न सक्दैन । स्वदेशमै केहि गरेर खान्छु भन्ने भावना भएका नागरिक लाई सरकारले म छु सम्म भन्दैन भन्ने यो सरकार कसको सरकार ?

प्रहरी, कर्मचारी सम्म पनि जागिरबाट अवकाश लिएर विदेश जाने लहर बढ्दै गएको छ । आज म त एक पात्र मात्र हुँ म जस्ता लाखौंले यस्तै जिन्दगी बाँचिरहनु परेको छ । देश देखी बिदेश सम्म रहेका नागरिक लाई मेरो देश , मेरो सरकार छ भन्ने कसैलाई गर्व छैन । जनताका पिडा ,भावना नबुझ्ने सरकार हामीलाई चाँहिदैन । हामीलाई आफ्नै नेपाली पन चाहिन्छ । आफ्नै स्वाभिमान चाहिन्छ । सरकार तिमि कसको सरकार रु

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया