नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनित

काठमाडौं,१६ जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका सदस्य किरणराज शर्मा पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।