२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

देउवा र ओलीको टकरावमा प्रचण्ड प्रधानमन्त्री, रवि के बन्लान् ?


664
Shares

समाचार विश्लेषण । राजनीतिमा अचानक उदाएका रवि लामिछानेले मुख्य दलका नेताहरुप्रतिको वितृष्णाबाट भरपूर फाइदा लिए । लामिछाने ठिक भएर भन्दा पनि देशमा तीन दशकभन्दा बढी समययता शक्तिमा रहेका शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल देखि झण्डै दुई दशकदेखि सत्ता राजनीतिका मुख्य खेलाडी बनेका प्रचण्ड बेठिक हुँदै जाँदाको लाभ मिल्यो उनलाई ।

दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका रवि लामिछाने विवादमा छन् । उनीविरुद्ध सहकारी ठगीको आरोप छ । अदालतमा उनलाई बर्खास्त गर्न मुद्दा पनि दायर भएको छ । काँग्रेस लामिछानेमाथि छानविनको माग गर्दै सडकमा उत्रिएको छ । संसद बैठक बहिष्कार गर्दै आएको छ ।

काँग्रेस लामिछानेविरुद्ध मरिमेटेर लाग्नुमा सत्ताको खेल पनि हो । लामिछाने ओलीसँग निरन्तर टाँस्सिएका छन् । उनी काँग्रेसविरुद्ध केन्द्रित देखिन्छन् । दुवैको भोट बैंक एउटै हुनुले पनि संघर्ष पेचिलो बनिरहेको छ ।

विशेषगरी शेरबहादुर देउवा र केपी ओलीको टकरावको फाइदा प्रचण्डले उठाउँदै आए । अब भने रवि पनि पसेका छन् । यो टकराव बढ्दै गएमा रवि चुनौती र अवसरको दोसाँधमा वाध्यतावश पर्दै गएका छन् ।

यस्तै परिस्थिति विकास भएमा अलोकप्रीय भइसकेका रवि पुनः लोकप्रीय बन्न सक्छन् । उनी सत्तामा अहिलेभन्दा माथि अर्थात् प्रधानमन्त्री बन्न पनि सक्छन् । राजनीतिमा जस्ले बढी जोखिम मोल्छ र आलोचना खेप्छ उही अगाडि बढ्छ । रविको हकमा पनि त्यही हुनसक्छ ।

प्रतिक्रिया