१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विकल पौडेल भ्रष्टाचारमा दोषी ठहर


498
Shares

काठमाडौं, ९ जेठ । सुरक्षण मुद्रणसम्बन्धी सामाग्री खरिद प्रकरणमा विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले पौडेलसहित विभिन्न व्यक्तिहरुलाई दोषी ठहर गर्दै बिगो भराउने फैसला समेत गरेको छ ।

मंगलबार भएको फैसलामा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला भएको हो ।

यो प्रकरणमा नविनकुमार पौडेलमाथि ५ महिना कैद र ५ करोड ८४ लाख बिगो र त्यति नै रकम जरिवानाको फैसला भएको छ ।

रोहितमान प्रधानलाई ५ करोड ८४ लाख, भुवन महर्जनलाई ५ करोड ७९ लाख जरिवानाको फैसला भएको छ । जरिवाना तिर्न नसके जेल जानुपर्ने हुन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया