३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शिक्षामन्त्री सुमना हेर्दा सामान्य सम्पत्ति असामान्य, हीरा देखि विदेशीमा बैंक ब्यालेन्ससम्म


1.1k
Shares

काठमाडौं, ८ जेठ । निकै सामान्य जीवनशैलीकी भनी चर्चामा आएकी शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति भने असमान्य पाइएको छ । उनले बुझाएको सम्पत्ति विवरण हेर्दा हीराको सौखिन देखिन्छिन् । उनीसँग हीराको हार र टप रहेको उल्लेख छ ।

सुमनासँग काभ्रेको रियालेमा साँढे ८ रोपनी जग्गा रहेको र त्यो स्वआर्जन भनिएको छ । उनीसँग ११ तोला सुन, १०० तोला चाँदी समेत छ ।

देशभित्र र बाहिरको विभिन्न बैंकमा ३ करोडभन्दा बढी रकम मौज्दात छ सुमना र परिवारको नाममा । मौज्दातमध्ये उनको परिवारका सदस्यको विदेशी बैंकमा १ लाख ८९ हजार डलर पनि छ । सुमनासँग विभिन्न वित्तिय संस्थामा उल्लेख्य मात्रामा शेयर पनि रहेको छ ।

प्रतिक्रिया