२८ पुस २०८१, आइतबार | January 12, 2025

रविले धमाधम पक्राउ गर्न दिए निर्देशन, सूचीमा को को हाइप्रोफाइल


3.5k
Shares

काठमाडौं, ८ जेठ । उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विपक्षी हाइप्रोफाइल नेता तथा उनीहरु निकटस्थविरुद्ध आक्रामक बनेका छन् । उनले विभिन्न प्रकरणमा मुछिएका हाइप्रोफाइललाई छानविन गरी पक्राउ गर्न निर्देशन दिएको बुझिएको छ ।

रविले जिम्मेवार प्रहरी अधिकृतहरुलाई काँग्रेस, राप्रपासहित विपक्षी दलका नेता तथा उनीहरुनिकटस्थमाथि छानविनको आदेश एक महिनाभन्दा अघि नै दिएको विश्वस्त स्रोतले बताएको छ । यसरी छानविन गर्दा कतिपयको आर्थिक विवाद पत्ता लागेको थियो । कतिपय जग्गा प्रकरणमा मुछिएको पाइएको थियो ।

रविले काँग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको आर्थिक कारोबार समेत छानिवन गर्न लगाएको स्रोतले बतायो । त्यही छानविनका आधारमा उनले कुनैपनि बेला जयवीरलाई पक्राउ गर्न आदेश दिने तयारी गरेका छन् । जयवीर आइटीसम्बन्धी कारोबारमा मुछिएका छन् ।

काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी दिदी रितासिंह वैद्यलाई त पक्राउ गर्न सीआइबीलाई आदेश दिए अनुसार पक्राउ पूर्जी जारी भइसकेको छ ।

काँग्रेसका अन्य नेताका परिवारका सदस्य पनि रविको तारोमा परेका छन् ।

रविले गगन थापालाई त विदेशीको एजेन्ट सम्म भने । विकिलिक्सले खुलासा गरेको अमेरिकी राजदूतावासको एक रिपोर्टमा गगनलाई दूतावासको मुख्य सम्पर्क व्यक्ति भनिएको छ । रविले गगनतर्फ संकेत गर्दै विदेशीलाई गोप्य सूचना बेच्ने एजेन्ट भने ।

गगनलाई कृषि अनुदान हिनामिना गरेको, त्रिचन्द्र कलेजको पार्क निर्माणमा भ्रष्टाचार गरेको, स्वास्थ्यमन्त्री हुँदा नियुक्तिमा पैसा लिएको आरोप समेत लगाए । त्यसबारे पनि उनले छानविन गर्न चेतावनी दिए ।

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । सिरोहिया नागरिकता विवादमा मुछिएका छन् ।

प्रतिक्रिया