३१ भाद्र २०८१, सोमबार | September 17, 2024

टाइसन फ्युरीलाई पराजित गर्दै उसिक बने बक्सिङका विश्व हेभिवेट च्याम्पियन


166
Shares

एजेन्सी, ६ जेठ । ब्रिटेनका टाइसन फ्युरीलाई अंकका आधारमा पराजित गर्दै युक्रेनका अलेक्जेन्डर उसिक बक्सिङका विश्व हेभिवेट च्याम्पियन बनेका छन् । बक्सिनको चारवटा भिन्न बेल्टको उपाधि जित्ने उनी पहिलो बक्सन बनेका छन् ।

साउदी अरेबियामा आइतबार विहान भएको बहुप्रतिक्षित प्रतिष्पर्धामा उसिकले फ्युरीलाई पराजित गरेका हुन् । जितको घोषणापछि उसिकले गहभरी आँसु निकालेका थिए ।

१६ वर्ष लामो व्यवसायिक बक्सिङ जीवनमा फ्युरीले पहिलो हार व्यहोरेका छन् । उसिक भने अहिलेसम्म अपराजित रहेका छन् । कहिले नहारेका यी दुई मुक्केवाजमध्ये कस्ले जित्छ भन्ने अड्कलवाजीहरु लगाइएका थिए ।

फ्युरी उमेरले उसिकभन्दा २ वर्षले कान्छा छन् । तर, ६ फिट ९ इन्च अग्ला छन् । तौल पनि बढी छ । उसिक ६ फिट ३ इन्च अग्ला र फ्युरीभन्दा कम तौलका छन् ।

साउदी अरबले फ्युरी र उसिकबीचको भिडन्तका लागि ठूलो धनराशी खर्च गरेको छ । फ्युरीले मात्र १० करोड डलरभन्दा बढी रकम पाएको उल्लेख छ ।

२० हजार दर्शकले यो प्रतिष्पर्धा रियाद पुगेर प्रत्यक्ष हेरेका थिए । जसमध्ये २५ सय बेलायती थिए । क्रिस्टियानो रोनाल्डो पनि दर्शकमध्ये थिए ।

प्रतिक्रिया