३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्री प्रचण्ड डेढ वर्षमा चौंथो पटक विश्वासको मत लिदै


581
Shares

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री प्रचण्ड डेढ वर्षमा चौंथो पटक विश्वासको मत लिदैछन् । उनले ७ जेठमा विश्वासको मत लिने भएका हुन् ।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संविधानमा सत्ता साझेदार दलले समर्थत फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

यथास्थितिमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेछन् । बहुमत सदस्य सांसद रहेको दलको प्रचण्डलाई साथ छ । तर, राजनीतिक घटनाक्रम बदलिए प्रचण्डलाई धक्का लाग्न सक्छ ।

 

प्रतिक्रिया