१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डलाई उपेन्द्र भारी पर्न सक्ने


913
Shares

काठमाडौं, २ जेठ । माओवादी अध्यक्ष प्रचण्ड र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच गौर हत्याकाण्डपछि लामो समय तिक्ततापूर्ण सम्बन्ध रह्यो । तर, सत्ता राजनीतिको खेल र कतिपय एजेण्डाले उनीहरुलाई नजिक ल्यायो ।

उपेन्द्र यादव एक दशकयता प्रचण्डसँग घोषित अघोषित सहकार्यमा रहिरहे । अघिल्लो तीनवटा चुनावमा उनीहरुबीच प्रत्यक्ष अप्रत्यक्ष सहकार्य पनि चल्यो ।

पहिचानको मुद्दामा प्रचण्ड र उपेन्द्रबीच समानता देखिन्छ । अर्कोतर्फ, उपेन्द्र पनि विगतमा माओवादीमा थिए ।

प्रचण्डले चुनाव हारेका उपेन्द्रलाई बाराबाट चुनाव जिताउन साथ दिएका थिए । प्रचण्डलाई बलियो साथ दिन्थे उपेन्द्र जसका कारण उनको राजनीतिक वजन बढी देखिन्थ्यो ।

काँग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ बनाउँदा भने उपेन्द्र सरकारमा जान हतारिएनन् । उनी वाध्यतावश गए । सरकार ढाल्ने खेलमा लागे ।

उपेन्द्र आफूविरुद्ध लागेको बुझेर प्रचण्डले पनि नयाँ चाल चले । जसपा नेपाल फुटाउन प्रचण्ड नै लागेको बुझाई उपेन्द्रको छ । फुटेको पार्टीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिएका छन् ।

आफूलाई प्रचण्डले ठूलो धोका दिएको भन्दै उपेन्द्र मधेशवादी नेतासँग बाक्लो भेटघाटमा सक्रिय छन् । महन्थ ठाकुरसँगको भेटमा त उनले प्रचण्डबाट धोका भएको खुलेरै बोले ।

उपेन्द्रले उपयुक्त समयमा प्रचण्डलाई देखाइदिने बताएको विश्वस्त स्रोतले बताएको छ । कुनैपनि बेला सरकार बनाउने र ढाल्ने खेल हुने देखिइसकेको छ । त्यतिबेला उपेन्द्र प्रचण्डको विपक्षमा उभिन सक्छन् ।

अब हुने चुनावमा प्रचण्डसँग उपेन्द्रले सहकार्य नगरेमा मधेशमा ठूलै असर पर्न सक्छ । त्यतिबेला देखाइदिने भन्दै उपेन्द्र चिढिएको बुझिएको छ ।

उपेन्द्रले माधवकुमार नेपालसँग मिलेर प्रचण्ड सरकारको विकल्प खोज्ने प्रयासलाई छाडेका छैनन् । उनी अदालत पनि गएका छन् र जसपा विभाजनलाई असंवैधानिक देखाउन सके सफलतातर्फ बढ्नसक्छन् । माधव नेपाल पनि प्रचण्डले आफू प्रधानमन्त्री बन्ने समयमा धोका दिएकोमा चिढिएका छन् । कुनैपनि बेला प्रचण्डलाई धक्का दिन माधव नेपाल पनि तयारी अवस्थामा छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया