१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्ड घेराबन्दीमा, अर्को उथलपुथलको तयारी


913
Shares

काठमाडौं, १ जेठ । सत्ता राजनीतिको खेलमा डेढ वर्षभित्र दुईपटक सत्ता गठबन्धन परिवर्तन गरेका प्रधानमन्त्री प्रचण्ड यतिबेला घेराबन्दीमा परेका छन् । उनी सत्ता गठबन्धनभित्रै घेराबन्दीमा परेका हुन् ।

उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विषयमा नेपाली काँग्रेसले संसदीय छानविनको माग गरी सदन नै अवरुद्ध गर्दै आएको छ । प्रचण्ड यसबारे मध्यमार्गी मार्ग अपनाएर कुरा मिलाउने प्रयासमा छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मानेका छैनन् । लामिछाने मान्ने कुरै भएन ।

लामिछानेको दलले साथ नदिए प्रचण्ड अल्पमतमा पर्छन् । त्यसैले उनी अप्ठ्यारोमा छन् । नेपाली काँग्रेससँग फेरि गठबन्धनको सम्भावना कमजोर छ ।

प्रचण्डमाथि जसपा नेपाल फुटाएको आरोप छ । उपेन्द्र यादव गठबन्धनबाट बाहिरिइसकेका छन् ।

कुनैपनि बेला नेकपा एसले साथ छाड्न सक्छ । माधव नेपालका लागि प्रचण्डलाई साथ दिनु वाध्यात्मक बनेको छ ।

यसरी प्रचण्ड सत्ता गठबन्धनभित्रबाट नै घेराबन्दीमा परेका छन् । विगतको तिक्तता ओलीसँग मेटिइसकेको छैन । कुनैपनि बेला ओलीले बदला लिन सक्ने सम्भावना उत्तिकै छ ।

यसकारण प्रचण्ड घेराबन्दीमा छन् र यसलाई तोड्न सहज छैन । उनले चाँडै नयाँ तरंग ल्याउने सम्भावना देखिएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया