अब त प्रधानन्यायाधीस पक्का !!
प्रकाश रायमाझी । सर्वोच्चको न्यायाधीस बन्न धेरै कठिन छ !! सर्वोच्चको ढोका खोल्न पहिले त महान्यायधीवक्ता हुनु पर्यो । हरेक दलका अपराध लुकाउनू पर्यो । सरकार, कुर्शी, सत्ता गठबन्धन टिकाउन कैले निर्दोष फसाउने कैले अपराधी उमकाउने त कैले नेताका छोराछोरी लुकाउने सल्लाहा दिनै पर्यो ।
हरेक दलको नेता रिझाउनुपर्यो ।
कर्सीमा पुग्न धेरै मुद्दा सट्टापट्टा भइ पनि सक्यो भन्छन्– ठुला–ठुला भ्रष्टाचार र ७३ न भूटानी मुद्दा कांग्रेससँग, संगठित सहकारी ठगी, सांसद पद किनबेच मुद्दा स्वतन्त्रसंग, सुन तस्करी, क्यान्टोन्टमेन्ट र द्वन्द पीडितको मुद्दा माओवादीसंग अब बाँकी न्यायाधीस मछिएका ललिता निवास जस्ता मुद्दा र ब्यापारीले खाएका सानातीना जग्गा मुद्दाको बिस्तारै पक्का पालो आउला । हरेक दिन पत्रिकामा महान्यायाधीवक्ताको कार्यालय सम्बन्धी समाचार हर्दा त्यो कुर्सीको महत्व बुझ्ने मौका पाए । सक्षम महान्यायाधीवक्ताले वास्तबमा जनताको न्यायमा पहुँच बढ़ाउने रहेछन नत्र भने न्यायमा पहुँच भन्ने कुरा किताब मै सीमित हुने भयो ।
महान्यायधीवक्ताज्यू पछि इतिहासको कुनै कालखण्डमा “नेपालमा दण्डहीनता” बारे पढ्नु पर्दा यी सब प्रकरणको जीकिर हुनेछ भन्ने मनमा डर लाग्दैन ? मच साब उजम गरेका बुद्धिजीवी एवं विज्ञलाई इतिहासले आफूलाई मूल्यांकन गर्ने डर पक्कै पनि होला ।
(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।)