१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सहकारी ठगीविरुद्ध तरुण दलले बृहत विरोध र्‍याली गर्दै,पीडितहरुलाई पनि सहभागी हुन आह्वान


3.6k
Shares

काठमाडौं,३१ वैशाख । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले जेठ २ गते सहकारी ठगी विरुद्ध विशाल विरोध र्‍याली गर्ने भएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य भीमकुमार गौतमले जानकारी दिए ।

बैठकले आगामी जेठ २ गते दिउँसो १२ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगीका विरुद्ध र्‍याली निकाल्ने निर्णय गरेको हो ।

तरुण दलले आम सहकारी पीडितहरुलाई पनि विरोध र्‍यालीमा सहभागिताको लागि आह्वान गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया