१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकार छाडी उपेन्द्र यादव अदालत पुगे, अब के होला ?


498
Shares

काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको सोमबार निकै व्यस्तता रह्यो । उनी विहानै लोसपा अध्यक्ष महन्थ ठाकुरलाई निवासमा भेटेर सरकारबाट अलग भए ।

उपप्रधानमन्त्री पदबाट राजीनामा दिएपछि यादव जसपा नेपाल विभाजनविरुद्ध रिट दर्ता गर्न पुगे । उनले रिटमा जसपा नेपाल विभाजनलाई असंवैधानिक भनेका छन् । रिटको पेशी जेठ २ लाई तोकिएको छ ।

यादव सरकारबाट फिर्ता भएपछि लिने रणनीतिबारे चासो बढेको छ । सरकार अल्पमतमा त परेको छैन तर समर्थन घटेको छ ।

अर्कोतर्फ, उपेन्द्र यादवको राजनीतिक भविष्यबारे पनि चर्चा चलेको छ । उनले प्रचण्डलाई विश्वास गर्दा धोका खाएको भन्दै महन्थ ठाकुरसँग सहयोगको आग्रह गरेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डले धोका दिएको भन्दै बाबुराम भट्टराईले समेत आक्रोश पोखेका छन् । यस्तै आक्रोश उपेन्द्रले पोखेका छन् । तर, उनीहरुले आक्रोश पोखुञ्जेल धेरै गुमाइसकेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया