१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारलाई दबाब दिन नेपाल महिला संघको भोलि बृहत विरोध र्‍याली


913
Shares

काठमाडौं,३१ वैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले भोलि बृहत विरोध र्‍यालीको आयोजना गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएकाहरुलाई छानबिनको दायरामा ल्याउन सरकारलाई दबाब सिर्जना गर्न र्‍यालीको आयोजना गरेको संघकी अध्यक्ष उषा मिश्रले बताइन् ।

संघले मंगलबार दिउँसो साढे १ बजे शान्तिबाटिका रत्नपार्कमा विरोध र्‍यालीको आयोजना गरेको हो ।

सहकारी वचतकर्ताहरुको बचत फिर्ता गराउन,सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्नका लागि विरोध कार्यक्रमको आयोजना गरेको संघले जनाएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया