१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जसपा नेपाल फुटाउने समूहलाई प्रचण्डको पुरस्कारः थपिदिए एक मन्त्री


1.2k
Shares

काठमाडौं, ३१ वैशाख । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाउने समूहलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कारस्वरुप थप एक मन्त्री दिने भएका छन् । यसअघि एक हुँदा जसपा नेपालले दुई मन्त्री र एक राज्यमन्त्री पाएकोमा फुटेपछि तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

जसपाबाट नवलकिशोर शाह मन्त्री कायमै रहने भएका छन् । अब बन्ने दुई मन्त्रीमा प्रदीप यादव र रञ्जु झा र राज्यमन्त्रीमा हसिना खान रहने तय भएको छ ।

फुटेर बनेको जसपाले मन्त्रीहरुको नाम पठाइसकेको छ । उपेन्द्र यादवले प्रचण्ड र केपी शर्मा ओलीले धोका दिएको र पार्टी फुटाएको भन्दै महन्थ ठाकुरलाई भेटेर भनेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया