११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

उपेन्द्रले पाउ पर्दै सहयोगको याचना गरेपछि महन्थको जवाफः काम निस्केपछि पछाडिबाट वार


415
Shares

काठमाडौं, ३१ वैशाख । जसपा, नेपाल फुटेपछि उपेन्द्र यादव पहिलोपटक महन्थ ठाकुरलाई सोमबार विहानै निवासमै पुगे । यादवले ठाकुरलाई अनुभवी र पाका नेता भन्दै ढोगे ।

आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठूलो धोका दिएको बताए । भेटमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका एक नेताका अनुसार उपेन्द्र यादवले प्रचण्डबाट ठूलो धोका भएको गुनासो गरे ।

आफूले प्रचण्डलाई विश्वास गर्नु गल्ती भएको बताए । प्रचण्ड र केपी शर्मा ओली मिलेर पार्टी नै फुटाएको बताए । उपेन्द्रले मधेशको मुद्दामा आफूहरुको कुरा मिल्ने भएकाले सहकार्यको प्रस्ताव राखेका थिए ।

उपेन्द्रले महन्थलाई अब मिलेर जाऔं विगतको गल्ती हुँदैन सम्म भने । तर, महन्थले तत्काल सहकार्य सम्भव नभएको भन्दै झपारे ।

काम लिन खुट्टा ढोग्ने र काम सकिएपछि पछाडिबाट वार गर्ने भन्दै हप्काए । उपेन्द्र भने रुझेको बिरालो जस्तै भएको बुझिएको छ ।

विगतमा महन्थ ठाकुरलाई बेवास्ता गरेर उपेन्द्र अगाडि बढेका थिए । तर, उपेन्द्र र महन्थको विभाजनको फाइदा अन्य शक्तिले लिए । दुवै शक्ति खुम्चिएर छिन्नभिन्न भए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया