१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालमन्दिर जग्गा प्रकरणमा को को माथि पक्राउ पूर्जी जारी (सूचीसहित)


581
Shares

काठमाडौं, २७ वैशाख । बाल मन्दिरको जग्गा भाडा सम्झौतामा ठगी गरेको आरोपमा सीआइबीले २० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सीआइबीले पक्राउ पूर्जी जारी गरेकामा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहितका पदाधिकारी र वृहस्पति विद्या सदनका सञ्चालकहरु छन् ।

जग्गा भाडा सम्झौतामाथि सीआइबीले अनुसन्धन थालेको हो ।

बाल मन्दिरको जग्गा भाडा सम्झौताको विषय उठेसँगै त्रिभुवन विश्वविद्यालयका अलावा विभिन्न सरकारी संस्था र सार्वजनिक जग्गा भाडाको विषय पनि चासोमा पर्ने भएको छ ।

राजनीतिक शक्ति र पहुँचको आँडमा देशभरका महत्वपूर्ण जग्गाहरु कौडीको भाउमा दिने गतिविधि भएको छ । यसमा ठूलो आर्थिक चलखेल समेत भएको छ ।

क) नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह

ख) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ

ग) नेपाल बाल संगठनका तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ

घ) नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य

ङ) नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह

च) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्यामकुमार आले

छ) नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल ।

ज) नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ

झ) नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्डराज प्रधान

ञ) नेपाल बाल संगठनका तत्कालिन महासचिव रामकाजी कोने

ट) नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही

ठ) नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ

ड) वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (बृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी

ढ) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी

ण) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी

त) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी

(थ) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई

द) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया

ध) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया

न) बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (बृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया