२३ भाद्र २०८१, आइतबार | September 8, 2024

उपेन्द्र यादवलाई सरकारबाट हट्न वाध्य पारिदै, मधेशका मुख्यमन्त्री सरोज यादवको पद धरापमा


1.4k
Shares

काठमाडौं, २७ वैशाख । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सरकारमा अझै पनि टाँसिइरहेका छन् । उनको दल जनता समाजवादी पार्टी, नेपाल प्रचण्ड ओलीको योजनामा फुटाइदिदा पनि यादव टाँसिइरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार पार्टी फुटेपछि यादव स्वतः सरकारबाट हट्नेमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्वस्त थिए । तर, यादवले त्यसो गरेनन् ।

अब यादवलाई हटाउन प्रचण्ड र ओलीले अर्को रणनीति बनाएको बुझिएको छ । मधेश प्रदेशमा मुख्यमन्त्री रहेका जसपा, नेपालका नेता सरोज यादवलाई हटाउने तयारी भएको छ ।

माओवादी केन्द्रले यादवलाई दिइआएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीबाट मधेश प्रदेशका संसदीय दलका नेता भरत साहले हेडक्वार्टरबाट ग्रिन सिग्नल पाइसकेको बुझिएको छ ।

मधेश प्रदेशको सरोज यादव नेतृत्वको सरकार ढल्ने अवस्था बनाइएमा भने उपेन्द्र यादवमाथि नैतिक संकट पर्न सक्छ । उनी त्यसपछि सरकार छाड्ने निर्णयमा पुग्न सक्छन् ।

प्रतिक्रिया