५ आश्विन २०८१, शनिबार | September 21, 2024

सन्दीपलाई सिध्याउन पारस खड्का लागेको आरोपपछि क्रिकेट जगत् तरंगित


18.7k
Shares

काठमाडौं, २६ वैशाख । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कामाथि अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई सिध्याउन भूमिका खेलेको आरोप लागेको छ । खेलपत्रकार नविन अर्यालले सामाजिक सञ्जालमा पारसमाथि चरणवद्ध रुपमा प्रहार गर्दै सन्दीपलाई सिध्याउन लागेको आरोप लगाएका हुन् ।

अर्यालले पारस खड्काले सन्दीपलाई शिकार बनाएको समेत आरोप लगाएका छन् । उनले पारस खड्कालाई फटाहा समेत भनेका छन् ।

आफूविरुद्ध अर्यालले प्रहार गरेपछि क्यानका महासचिव समेत रहेका पारस खड्काले आपत्ति जनाएका छन् । उनले आफ्नो चरित्रहत्या गर्न खोजेको समेत भनेका छन् ।

खड्काले आफूविरुद्ध नियोजित रुपमा षड्यन्त्र भएको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएका छन् ।

गत हप्तामात्र सन्दीपले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै त्यस्ता व्यक्तिहरुको पर्दाफास गर्ने चेतावनी दिएका थिए ।

टी ट्वेन्टी विश्वकपमा खेल्ने टोलीमा सन्दीप लामिछाने परेनन् । यसलगत्तै उनले आक्रोश पोख्दै आएका छन् ।

प्रतिक्रिया