१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उपेन्द्र यादवको प्रधानमन्त्री बन्ने सपना चकनाचुर


332
Shares

काठमाडौं, २५ वैशाख । ३२ सिटको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साना दल हौसिएका थिए । उनीहरुमा गजबको महत्वाकांक्षा जागेको देखियो ।

मुख्य दल काँग्रेस र एमालेको टकरावको फाइदा माओवादीले लियो । स्थिति यस्तो भयो कि तीन प्रमुख दलबीच नै सत्ता संघर्ष चुलियो । यसको फाइदा उठाउन रवि लामिछाने नेतृत्वको रास्वपा माधव नेपाल नेतृत्वको नेकपा एस मात्र नभई उपेन्द्र यादव नेतृत्वको जसपा पनि सक्रिय भयो ।

यादवले प्रधानमन्त्री बन्ने सपना देखे । उनले त्यही अनुसारको खेल पनि सुरु गरे । प्रचण्ड सरकार ढाल्ने उनको योजना देखियो । माधव नेपालसँग यसका लागि मिलेर बढे । तर, यादव नेतृत्वको जसपा फुट्यो त्यो पनि उनी विदेशमा रहँदा ।

यादव यतिबेला पाँचजना सांसदमा सिमित छन् । योसँगै उनको प्रधानमन्त्री बन्ने सपना पनि चकनाचुर भएको छ । मधेशको मुद्दाभन्दा व्यक्तिगत र पारिवारिक स्वार्थमा रुमल्लिदा यादवलाई धक्का लागेको छ । अब उनलाई फेरि पहिलेकै शक्तिमा फर्कन कठिन हुने देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया